शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मलेसियामा भेटियाे ‘राक्षस फूल’

दैनिक नेपाल २०७६ पुष २२ गते ७:०५

मलेसिया । राफ्लेसिया फूललाई प्राय ‘राक्षस फूल’ को नामले चिनिन्छ । यसको परजीवि गुण र प्रतिकूल दुर्घन्धका कारण यो फूललाई राक्षस भनिएको हो ।

इन्डोनेसियाका वन्यजन्तु अधिकारीहरुले सबैभन्दा ठूलो र लामो राक्षसी फूल भेट्टाएका छन् । पश्चिम सुमात्राको जंगलमा फूलेको राफ्लेसिया बोट झन्डै ४ फिटको छ ।

प्राकृतिक स्रोत तथा संरक्षण केन्द्रका अनुसार पश्चिम सुमात्रामा फुलेको राफ्लेसिया फूल अहिलेसम्मको ठूलो फूल हो ।

सन् २०१७ मा पनि यो स्थानलाई सबैभन्दा ठूलो राक्षसी बोट पाउने स्थानको रुपमा रेर्कड कायम गरिएको थियो। त्यो समयमा राफ्लेसिया ४ इन्चको मात्र थियो ।

यो विरुवाको कुनै पात र हांगा छैन, यो परजीवी हो । फूलको डरलाग्दो मुखले सडेको मासुको जस्तै गन्धको फाल्ने गर्छ । यसलाई ‘लाशको फूल’ उपनाम दिइएको छ । यसको दुर्घन्धले किराहरुलाई आकर्षित गर्छ ।

यसको जीवन छोटो छ । यो फूलको मुख एक हप्तासम्म खुला रहन्छ । र बोट मर्नुअघि नै फूल मर्छ ।

प्रतिक्रिया
सम्बन्धित