१ कार्तिक २०८३, शनिबार

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ पुस । मुक्तिनाथ विकास बै‌ंक लिले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनी माया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगरलाई बैँकका दमौली शाखाका प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर वहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याज बापतको रकम ५४ हजार २ सय ७८ रुपैयाँ र काज किरिया खर्च ५ हजार रुपैयाँ समेत गरी ५९ हजार २ सय ७८ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको र तिर्न बाँकी रहेको कर्जा २ लाख ११ हजार ४ सय ४० रुपैयाँसमेत मिनाहा गरिएको बैंकले जनाएको छ ।