शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पाैडेल समूहका कांग्रेस जिल्ला सभापतिहरूकाे भेला सानेपामा हुँदै

दैनिक नेपाल २०७६ पुष २१ गते ९:०७

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस ११ गते गरेको निर्णयका सम्बन्धमा छलफल गर्न आज वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरूको भेला पार्टी कार्यालय सानेपामा बाेलाएकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा भएको बुहमतको बलमा पुस ११ गते विभिन्न निर्णय गरेपछि रुष्ट भएका पाैडेल समूहका जिल्ला सभापतिहरूको भेला बिहान ११ बजेदेखि हुँदैछ ।

गएकै वर्ष कांग्रेसको महासमितिले बैठकले विधान पारित गरेको थियो । सो विधान कार्यान्वयनमा नल्याई केन्द्रीय समितिको बुहमतका आधारमा संशोधन गर्दै विभिन्न निर्णय भएपछि पौडेल समूह सभापति देउवाप्रति रुष्ट छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइरालालगायतले सो निर्णय नमान्ने जनाउँदै आएका छन् ।

नेता पौडेल र सिटौला पक्षको आव्हानमा सोमबार बोलाइएको जिल्ला सभापति भेलामा ७७ जिल्लामध्ये ५० देखि ५२ जिल्लाका सभापतिहरूको उपस्थिति रहने दावी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित