शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ईरानले परमाणु सम्झौता पालना नगर्ने

दैनिक नेपाल २०७६ पुष २१ गते ८:१७

लण्डन, २१ पुस । अमेरिकासँगको बढ्दो तनावलाई लिएर ईरानले सन् २०१५ मा परमाणु सम्झौताअनुसार लागू भएको प्रतिबन्धको पालना नगर्ने बताएको छ ।

परमाणु संवर्द्धनकाे लागि आफ्नो क्षमता, त्यसको स्तर, समृद्धिका लागि अन्य सामग्रीको भण्डार र अनुसन्धात र त्यसलाई विकसित गर्न रोक्ने कुनै पनि प्रतिबन्धको पालना नगर्ने ईरानले जनाएकाे छ ।

तेहरानमा ईरानी मन्त्रिमण्डलको बैठकपछि यो बयान सार्वजनिक गरिएको हो । अमेरिकी हवाई आक्रमणमा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या भएपछि ईरानको तर्फबाट यो प्रतिक्रिया आएको छ ।

सन् २०१५ को परमाणु सम्झौताअनुसार ईरान आफ्नो संवेदनशील परमाणु गतिविधि सीमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षकलाई आउने अनुमति दिन्थ्यो । यसको बादलामा ईरानमाथि लागेको प्रतिबन्ध समाप्त गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा यो सम्झौता रद्द गरेका थिए । उनले भनेका थिए, ‘ईरानसँग नयाँ सम्झौता गर्न चाहन्छु, जसले गर्दा उसले परमाणु कार्यक्रम र ब्यालेस्टिक मिसाइलको विकासमा अनिश्चितकालीन प्रतिबन्ध लगाउनेछ ।’

प्रतिक्रिया
सम्बन्धित