शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

लिभरपुल एफए कप फुटबलकाे चौथो चरणमा प्रवेश

दैनिक नेपाल २०७६ पुष २१ गते ८:११

लण्डन, २१ पुस । एभर्टनलाई एक–शून्य गाेलले हराउँदै लिभरपुल एफए कप फुटबलकाे चौथो चरणमा प्रवेश गरेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको तेस्रो चरणकाे खेलमा लिभरपुललाई जिताउन १८ वर्षे युवा खेलाडी कुर्टिस जोन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ७१औँ मिनेटमा जोन्सले निर्णायक गोल गरे ।

यता चेल्सीले पनि नाेटिङघम फरेस्टलाई दुई–शून्य गाेलले हराउँदै एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएकाे खेलमा चेल्सीलाई जितउन कलुम हड्सन र रोस बार्क्लीले गोल गरे । खेलको सातौं मिनेटमा हड्सन र ३३औँ मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

टोटेनहम मिडल्सबर्गसँग एक-एक गोलको बराबरीमा रोकिएपछि उसले मिडल्सबर्गसँग फेरि खेल्नु पर्ने भएको छ । यता शेफिल्ड युनाइटेड चाैथाै चरणमा प्रवेश गर्दा क्रिस्टल प्यालेस भने डर्बी काउन्टीसँग पराजित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित