
नयाँ दिल्ली, २० पुस । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा आइतबार साँझ विद्यार्थीमाथि नकावधारी समूहद्धारा सांघातिक आक्रमण भएको छ ।
आक्रमणबाट छात्र संघकी अध्यक्षलगायतका विद्यार्थी घाइते भएका छन् ।
विश्वविद्यालय परिसरमा बाहिरबाट प्रवेश गरेका नकावधारी व्यक्तिहरूले विद्यार्थीमाथि आक्रमण गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार जेएनयूमा ५० भन्दा बढी व्यक्ति घुसेर विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट कैँयौँ विद्यार्थी घाइते भएका छन् । उनीहरुलाई नयाँ दिल्लीस्थित अस्पतालमा पुर्याइएको छ । विश्वविद्यालय परिसरमा दिल्ली पुलिसले अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । –एजेन्सी















प्रतिक्रिया