बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

१५ करोड ५१ लाख राजश्व छली, ६ जना विरुद्ध मुद्दा

दैनिक नेपाल २०७६ पुष २० गते २०:४८


काठमाडौँ, २० पुस । राजश्व अनुसन्धान विभागले रु १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा छ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसमेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसहित दुई जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाइएको हो ।

आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोप छ । उनीहरुविरुद्ध १५ करोड ५१ लाख बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको मैनालीले बताउनुभयो ।

अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरी रु १२ करोड ८७ लाख बिगो बराबरको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ । यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साहसहित दुई जनाले रु दुई करोड ६४ लाख बिगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित