शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

जनही १ हजार रुपैयाँ जरिवाना तिरेर छुटे १२२ जना चिनियाँ

दैनिक नेपाल २०७६ पुष २० गते १८:५७


काठमाडौँ, २० पुस । काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उनीहरु जनही एक हजार जरिवाना तिरेर थुनामुक्त भएका हुन् ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको थियो ।
सो कसुरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक हजार रूपैयाँ जरिवाना हुने फैसला गरेका थिए ।

उनीहरूले एक हजार रूपैयाँ तिरेपछि प्रहरीले चिनियाँलाई थुनामुक्त गरेको हो । उनीहरूलाई आइतबार नै अध्यागमन विभागमा जिम्मा लगाइने परिसरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित