शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विमानस्थलबाट हीरा र सुनसहित भारतीय नागरिक पक्राउ

दैनिक नेपाल २०७६ पुष २० गते १८:२१


काठमाडौँ, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुन र हीरासहित भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एल ८३०८१८७ पासपोर्ट नम्बर भएका कोताकुथ किजाकेथिल छन् । उनको साथबाट ५ सय ग्राम सुन बरामद भएको थियो । यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट २ सय २२ ग्राम हिरा बरामद भएको छ ।

भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ ।

पछिल्लो एक हप्तामा मात्रै विमानस्थलबाट ६ किलो सुन बरामद भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित