शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सानिमा बैंक पोखराद्धारा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन सहयोग

दैनिक नेपाल २०७६ पुष २० गते १६:०७

काठमाडौँ, २० पुस । सानिमा बैंक लिमिटेड पोखरा, न्युरोड शाखाले बैंकले पुस १९ गते शनिबार पोखरा महानगरपालिका वडा नं. १७, घारीपाटनस्थित हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

बैंकले हस्पिटलमा आउने दैनिक करिब ५ सय जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको हो ।

उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालद्धारा हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरे ।

साथै, बैंकको प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए । त्यसै गरी हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रति हार्दिक आभार व्यक्त गरे ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा ए.टि.एम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित