शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गिजरमा नुहाउँदा बेहाेस भएर मृत्यु

दैनिक नेपाल २०७६ पुष २० गते १५:०२

सांकेतिक तस्वीर

ललितपुर, २० पुस । ललितपुरमा होस्टेलको छात्रा गिजरमा नुहाउँदा बेहोस भएर एकजनाको मृत्यु भएको छ ।

वीरगन्ज घर भएकी १९ वर्षीया जोनित चौहानको बेहोस भएर मृत्यु भएको हो ।

सातदोबाटोस्थित सरिबा गर्ल्स होस्टेलमा बस्ने पर्साको चौहान आइतबार होस्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोस भएकी थिइन् । तत्काल पाटन अस्पताल लगिए पनि उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित