बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सबै जनतालाई सुरक्षित घरमा राख्छौँ : मन्त्री अर्याल

दैनिक नेपाल २०७६ पुष १९ गते २१:०२


स्याङ्जा, १९ पुस । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले सबै जनतालाई सुरक्षित घरमा राख्ने बताउनुभएको छ ।

सुरक्षित जनता आवास कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले खरका छाना विस्थापित गरेर जनतालाई जस्तापाता लगाइएको सुरक्षित घरमा राख्ने अभियानमा सरकार लागेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, “सरकार सन् २०३० सम्म गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ । यसैको थालनी स्वरुप सुरक्षित जनता आवास कार्यक्रम कार्यान्वयनमा आएको हो ।”

जिल्लाको वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका पाँच पालिकाका २५० खरका छाना विस्थापित गरेर जस्तापाला लगाइने जनाइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित