१ कार्तिक २०८३, शनिबार

५३ किलो गाँजासहित गोली हानी भारतीय तस्कर पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ पुस । गाँजा तस्करीमा संलग्नलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका १५ चुरियामाईको जंगलमा भाग्दै गर्दा उनीहरुलाई हवाई फायर गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनीहरु डिएल ३ सिएक्यू ४१७२ नम्वरको भारतीय कारमा सवार भई खोज्दै थिए ।

प्रहरीले कार चालक भारत मोतिहारीका ३७ वर्षीय दिलिपकुमार सिंह, उज्वलकुमार ठाकुर र रौतहट यमुनामाई गाँउपालिका ४ का २४ वर्षीय विकास सिंहलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट अन्दाजी ३२ किलो गाँजा बरामद गरिएको छ ।

यस्तै हेटौंडा १५ बाटै लागूऔषध गाँजा तस्करमा संलग्न अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ५ का ३५ बर्षीय राजकुमार मोक्तान छन् । उनको साथबाट २१ किलो गाँजा र बा ५ ख ७२६८ नम्वरको ट्रक नियन्त्रणमा लिइएको छ ।

गस्तीमा गएको प्रहरी टोलीले हेटौंडा १५ रातोमाटे जंगलबाट उनलाई नियन्त्रणमा लिएको एसपी राठौरले मकवानपुर प्रहरीले जनाएको छ । ट्रक चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।