बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

स्ट्राइकर ह्यारी केन घाइते

दैनिक नेपाल २०७६ पुष १९ गते ९:४१

लण्डन, १९ पुस । टोटनह्यामका स्ट्राइकर ह्यारी केनको थाइको मसल च्यातिएको छ । गएको बुधबार इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साउथह्याम्प्टनसँगको खेलमा पराजित हुँदा टोटनह्यामका केन चोटका कारण मैदानबाट बाहिरिएका थिए ।

शुक्रबार प्रशिक्षक जोसे मोरिन्होले केनको चोट गम्भीर देखिएको बताएका हुन् । उनको हामस्ट्रिर्ङ्ग च्यातिएको जोसेले बताएका हुन् । केन कहिले मैदान फर्किने छन् भन्ने खुलाइएको छैन । तर उनी केही हप्ता मैदान बाहिरै हुने निश्चित छ ।

प्रशिक्षक जोसेले भनेका छन्, ‘सबैलाई थाहा छ उनीह को हुन्, उनी के हुन्, टिमका लागि उनको अर्थ के रहन्छ, र समर्थक तथा क्लबमा उनको महत्व के छ भन्ने।’

उपचार प्रक्रिया जारी रहेको उनले बताएका छन् । केनले यो सिजन क्लब र राष्ट्रिय टिमबाट ३१ खेलमा २७ गोल गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित