शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

डोजरले डाँडाकाँडा भत्काउनु मात्र विकास होइन : उपाध्यक्ष भट्टराई

दैनिक नेपाल २०७६ पुष १८ गते २१:४९


भक्तपुर, १८ पुस । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले डाँडाकाँडा डोजर कुदाएर मात्र विकास नहुने कुरा बताएका छन् । सूर्यविनायक नगरपालिका वडा नं ५ मा ईरामयब जनकल्याण समाज नेपालद्वारा आयोजित दुई दिने महिला उद्यमशीलता प्रवर्द्धन तालिमको प्रमाणपत्र वितरण समारोहमा सो कुरा बताएका हुन् ।

उनले अगाडि भने “अबको विकासले भौतिक पुर्वाधारको साथसाथै जनताको जीवनस्तर उकास्न सक्नुपर्दछ, अहिले स्थानीय तहमा जनताको जीवनस्तर उकास्न,महिला, दलित तथा अन्य लक्षित समुदायको नाममा प्रसस्त वजेट विनियोजन भएको तर त्यसको सही सदुपयोग हुन नसकेकोले महिला आफै जागरुक भएर आफ्नो नाममा आएको वजेट सदुपयोग गर्न कम्मर कसेर अगाडि बढने वेला आएको छ ।”

तीस जना महिला प्रशिक्षार्थी सहभागी भएको सो तालीममा प्रशिक्षक हिमा नेपाल, स्थानीय समाजसेवी सिता अधिकारी, इरामयब जनक्याण समाज नेपालका कोषाध्यक्ष भुवन श्रेष्ठ र सदस्य कमला गौतमले महिला अग्रसर भए महिला उद्यमशीलताको लागि वजेट अभाव नहुने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित