शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

ओपोद्वारा सीटीसी मलमा नयाँ कस्टमर केयरको उद्घाटन

दैनिक नेपाल २०७६ पुष १८ गते २१:३५

काठमाडौँ, १८ पुस । ओपोले काठमाडौँमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ सर्भिस सेन्टर ल्याएको हो ।

सीटीसी मल स्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रो हो । नेपालमा बिक्री गरिएका ओपो फोन्सका लागि उत्कृष्ट विक्रि पछिको सेवा उपलब्ध गराउनु नयाँ सेवा केन्द्रको उद्देश्य हो ।

काठमाडौंको सुन्धारा स्थित सीटीसी मलको पाँचौँ तल्लामा यूनिट्स ६०६ र ६०६ ( एमा अवस्थित नयाँ सेवा केन्द्रले आईतबारदेखि शुक्रबार विहानको १० बजेदेखि बेलुकी ६ बजे सम्म उपभोक्तालाई मर्मत लगायत विक्रि पछिको सेवा उपलब्ध गराउने छ ।

उपभोक्ताको सहजताका लागि कम्पनीले टोल(फ्रि नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ ।

ओपो मोबाइल सम्बन्धि आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधान यस नम्बरबाट प्राप्त गर्न सकिन्छ । साथै, उपभोक्ताले आफ्ना समस्या तथा जिज्ञासाका लागि ९८०८१३०४१७ र ९८५१२१०६२३ मार्फतपनि सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

कस्टमर केयर सर्भिस सेन्टरको समुद्घाटन ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्तरुपमा गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबीले भने, ‘उपभोक्ताहरु हाम्रा उत्पादन मार्फत पूर्णरुपमा सन्तुष्ट होउन् भन्ने हाम्रो चाहना हो ।

उपभोक्ताको समग्र सन्तुष्टि हाम्रो प्रमुख लक्ष्य हो । तसर्थ, हामी उत्पादनको विक्रि संख्यामा मात्र केन्द्रित नभइ तिनको विक्रि पछिको सेवामा समेत उत्तिकै ध्यान दिने गर्छौँ । काठमाडौंमा सञ्चालनमा ल्याइएको नयाँ सेवा केन्द्र मार्फत हामी आफ्ना उपभोक्ताको सन्तुष्टि र अनुभवमा थप उत्कृष्टता ल्याउन सक्षम हुने हाम्रो विश्वास छ ।’

प्रतिक्रिया
सम्बन्धित