शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

मानव सेवा आश्रमलाई गण्डकी विकास बैंकको सहयोग

दैनिक नेपाल २०७६ पुष १८ गते १७:२४


बुटवल, १८ पुस । गण्डकी विकास बैंक लिमिटेड बुटवल चौराहा शाखाको १० औँ वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई सहयोग हस्तान्तरण गरेको छ ।

शुक्रबार एक समारोहकाबीच आश्रमका प्रदेश संयोजक सरु अधिकारी, संरक्षक शेर बहादुर गौतमलाई बुटवल उपमहानगरपालिका वडा ८ का वडाअध्यक्ष भिम बहादुर श्रेष्ठ, बैकका क्षेत्रिय प्रबन्धक मिलन कुमार पुनले रेफिज्रेरेटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा ८ का वडाअध्यक्ष भिम बहादुर श्रेष्ठले सडक मानव युक्त अभियानलाई सफलता पुर्याउने लागेको बताए ।

गण्डकी विकास बैंकमा क्षेत्रिय प्रबन्धक मिलन कुमार पुनले बैंकिङ्ग कार्यसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए । समाजमा बैकिङ सचेतनाका साथै रक्तदान, अनाथ अपाङलाई सहयोगको काम गर्दै आएको उनले बताए ।

यसैगरि जीवन बिमा अन्तरगत बैंकिङ्ग ऋणि विष्णु थापा क्षेत्रीको श्रीमानको मृत्युपश्चात् १ लाख रकमको चेक पनि आजै एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको बैंकका कर्मचारी आविष्कार खनालले बताए । पोखरामा केन्द्रीय कार्यलय रहेको रास्ट्रिय स्तरको बैंकको रुपन्देही जिल्लामा मात्र गण्डकी बैकको १० वटा शाखाबाट सेवा दिईरहेको छ ।

सो अवसरमा मानव सेवा आश्रमकी रुपन्देही संयोजक सरु अधिकारीले असहाय सडक मानवलाई गाँसबास दिन थालेको अभियानलाई सरकारबाट समेत सहयोग भएको बताउँदै गण्डकी विकास बैंकले गरेको सहयोग्को प्रशंसा व्यक्त गरिन् । कार्यक्रममा बैंकका रुपन्देहीका विभिन्न शाखाका प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित