आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सिटिजन्स बैंकद्वारा आफ्ना एटीएममा मास्टरकार्ड सुरुवात

दैनिक नेपाल २०७६ पुष १८ गते १५:११

काठमाडौँ, १८ पुस । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवात सँगै मास्टरकार्ड, मास्ट्रो तथा सिरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्ने छन् ।

नेपाल भ्रमण वर्ष २०२० को सुरुवातसँगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्भित हुने विश्वास बैंकले लिएको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित