
काठमाडौं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा निर्वाचनका उम्मेदवार चयन भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले श्रेष्ठलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
श्रेष्ठ यसअघि प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट उम्मेद्वार बनेपनि बाबुराम भट्टराईसँग पराजित भएका थिए।
बैठकले श्रेष्ठसहित नेकपा स्थायी समिति सदस्य बेदुराम भुषाललाई पनि चयन गरेको छ ।















प्रतिक्रिया