शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इंग्लिस प्रिमियर लिगमा लिभरपुलसंग शेफिल्ड युनाइटेडकाे लज्जास्पद हार

दैनिक नेपाल २०७६ पुष १८ गते ९:०४

लण्डन, १८ पुस । इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले शेफिल्ड युनाइटेडलाई दुई–शून्य गोल अन्तरले पराजित गरेको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र सादियो मानेले एक–एक गोल गरे । खेलको चौथौ मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाए । उनको गोलसँगै पहिलो हाफमा लिभरपुलले एक गोलको अग्रता कायम राख्यो ।

खेलको ६४औँ मिनेटमा मानेले एक गोल थप्दा लिभरपुलले अग्रता दोब्बर बनायो । अन्त्यमा अरु गोल नथपिँदा लिभरपुल शेफिल्डविरुद्ध दुई–शून्य गोल अन्तरले विजयी भयो ।

यो जितसँगे लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा रहँदा २० खेलबाट ५८ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी लिभरपुलभन्दा १३ अङ्कले पछि छ ।

आठौँ स्थानमा रहेको शेफिल्डको २१ खेलमा २९ अङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित