बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बालहरि राईलाई सद्भावना राजदूतको मानार्थ उपाधि

दैनिक नेपाल २०७६ पुष १८ गते ७:५१

लक्जेम्बर्ग । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानका तर्फबाट लक्जेम्बर्ग निबासी नेपाली युवा बालहरि राईलाई “नेपाली संस्कृति तथा सद्भावना राजदूत” को मानार्थ उपाधिले सम्मानित गरेको छ ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार एवम् रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले बधाई तथा शुभकामना दिँदै बालहरि राईलाई नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको सदस्यता प्रदान गरेका छन् ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले विभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्दै आफ्नो क्षेत्रबाट विशेष योगदान दिँदै आएका विदेशमा बसोबास गर्ने निम्न लिखित नेपालीहरुलाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरिसकेको छ ।

दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), बसन्त रानाभाट (स्पेन), विजय थापा (अमेरिका), पुरू जोशी (दक्षिण कोरिया), जीवन प्रसाइँ (स्पेन), डा. एलिनी पोखरेल सुबेदी (पोल्याण्ड), योगिता थापा (बेल्जियम), लक्ष्मी लामा गुरुङ (दक्षिण कोरिया), मदन दवाडी (बेल्जियम), डा. मनमूर्ति भुर्तेल (रसिया), राजन काफ्ले (आयरल्याण्ड) र मिलन घिमिरे (थाईलैण्ड)लाइ मानार्थ उपाधि दिइएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित