शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

तमुधी बेल्जियमले यसरी मनायो ल्होसार

दैनिक नेपाल २०७६ पुष १८ गते ७:३५

बेल्जियम । बेल्जियममा तमु ल्होसार विशेष सांगीतिक कार्यक्रम गरेर मनाइएको छ ।

तमु धी बेल्जियमको आयोजनामा बेल्जियमको आन्त्वेर्पेनमा ‘तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको हो ।

तमु धी बेल्जियमका अध्यक्ष नवीन तमुस्योको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूतावासका नियोग उपप्रमुख सुधिर भट्टराई तथा विशेष अतिथिमा एनआरएन बेल्जियमका महासचिव तीर्थ धमला रहेका थिए ।

अनौपचारिक कार्यक्रममा एनआरएन अध्यक्ष चित्र सुबेदी, आइसीसी उपाध्यक्ष अर्जुन श्रेष्ठ,आइसीसी सह कोषाध्यक्ष लोक दाहाल समेतको उपस्थिति देखिन्थ्यो ।

नेपालबाट आएका कलाकार रमिला न्यौपाने लगायतले सबै उपस्थितहरु पाहुनाहरूलाई संगीत मार्फत मनोरंजन गराएका थिए ।

कार्यक्रममा क्रियाशील दर्जनौं नेपाली संघसंसंस्थाका प्रतिनिधिहरूको समेत आतिथ्यतामा सम्पन्न कार्यक्रममा बेल्जियमका विभिन्न ठाउँबाट उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित