शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एक किलो सुनसहित दुई भारतीय पक्राउ

दैनिक नेपाल २०७६ पुष १७ गते २१:३२

फाइल तस्वीर

काठमाडौँ, १७ पुस । भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नानगरिकलाई आज प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।

अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक किलो सुन नेपाल भित्र्याए पनि उनीहरुको योजना प्रहरीले विफल बनाएको छ । सुन तस्करीमा संलग्न दुई भारतीयलाई पक्राउ गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

सुन लिएर दुबइबाट आएका कासिव मोहम्मदले भारतबाट आएका मुसाफिन मोहम्मदलाई सुन हस्तान्तरण गर्ने क्रममा विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट गालेर पोको बनाएको अवस्थाको एक किलो सुन बरामद भएको छ । विमानस्थलमा राखिएको यन्त्रले समेत सुन पत्ता नलागेपनि प्रहरीले शङ्का लागेर जाँच गर्दा सुन बरामद गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित