शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

लाइसेन्सको ट्रायल दिने २ नक्कली परीक्षार्थी पक्राउ

दैनिक नेपाल २०७६ पुष १७ गते २०:५९


काठमाडौँ, १७ पुस । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने १ जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ । त्यस्तै, ट्रायल परीक्षाका लागि नक्कली कागजात बनाउने १ जनालाई समेत बिहीबार पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको टोलीले यातायात व्यबस्था कार्यालय सुकेधारा ट्रायल सेन्टरमा अर्काको नाममा लाइसेन्सको ट्रायल परीक्षा दिने ललितपुर महानगरपालिका १५ सातदोबाटो घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका २ बस्ने २७ वर्षीय सरोज शाही र नक्कली नेपाली नागरिकता बनाउने मकवानपुरको सुकौरा घर भई हाल सोही ठाउँ बस्ने २७ वर्षीय मान बहादुर ब्लोनलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट अर्काको फोटो टाँसी प्रयोग गरिएका २ थान नेपाली नागरिकता र यातायात व्यवस्था कार्यालयबाट परिक्षा दिन दिइएको २ थान एप्लिकेन्ट आइडी बरामद भएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

नेपाल ड्राईभिङ सेन्टर सुकेधाराबाट पक्राउ गरी उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित