आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

कतार एयरवेजको अत्यन्तै सफल २०१९ वर्ष

दैनिक नेपाल २०७६ पुष १७ गते १६:०३


दोहा, कतार, १७ पुस । कतार एयरवेजको २०१९ निकै सफल रहेको कम्पनीले जानकारी दिएको छ । गत वर्ष एयरलाइनले आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो ।

तर विभिन्न सम्मान हात पार्ने क्रममा पाँचौं पटक विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्रेक्स पुरस्कार प्राप्त गर्नु कम्पनीको २०१९ को सबैभन्दा महत्वपूर्ण उपलब्धि थियो । त्यससँगै कतार एयरवेज उक्त पुरस्कारद्वारा पाँचौं पटक सम्मानित हुने एकमात्र एयरलाइन बनेको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकर भन्छन्, “२०१९ वर्ष कतार एयरवेजका लागि उपलब्धिहरुले भरिपूर्ण वर्ष रह्यो । विगतका १२ महिनामा कतार एयरवेजले धेरै उपलब्धिहरु हासिल गर्यो जसमध्ये पेरिस एयरशोमा विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्रेक्स पुरस्कारद्वारा सम्मानित हुनु सबैभन्दा महत्वपूर्ण उपलब्धि थियो । आफ्नो एयरलाइन तथा राष्ट्रकै लागि पाँचौँ पटक उक्त सम्मान प्राप्त गर्नु निकै खास क्षण थियो ।”

प्रतिक्रिया
सम्बन्धित