१ कार्तिक २०८३, शनिबार

नेपालको आधिकारिक नक्शा पेस गर्न सरकारलाई सर्वाेच्चकाे आदेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ पुस । सर्वोच्च अदालतले नेपालको आधकिारिक नक्सा पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । सन् १८१६ को सुगौली सन्धिको अनुसूची र नेपालको आधिकारिक नक्शा १५ दिनभित्र पेश गर्न अदालतले दिएको हो ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले मंगलबार दिएको आदेशमा सन् १८६० मा तत्कालीन ब्रिटिस सरकारसँग भएको सीमा सन्धि र भारतीय पक्षले नेपालका लागि निर्माण गरिदिएको पहिलो नक्सा समेत पेस गर्न भनिएको छ ।

१९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य हुँदा सार्वभौम नेपालको अस्तित्व दर्शाउने कुनै सन्धि, नक्सा वा दस्ताबेज पेस गरेको भए त्यसको प्रतिलिपि पनि ल्याउन आदेश गरिएको छ ।

सर्वोच्चले भारतले हालै नेपालको लिम्पियाधुरा भागसमेत समेटेर जारी गरेको नक्सा बदर गरी नयाँ नक्सासहितको संविधान संशोधन हुनुपर्ने विषयमा सरकारको ध्यानार्कषण गराएको छ ।

यस्तो छ आदेश :