१ कार्तिक २०८३, शनिबार

एमसीसी संसदबाट पास हुन्छ : सञ्चारमन्त्री बास्कोटा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

डडेल्धुरा, १६ पुस । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास हुने बताए ।

पर्यटन वर्ष २०२० को शुभारम्भ गर्न डडेल्धुरा पुगेका संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता बाँस्कोटासँग वुधबार गरिएको पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरेका हुन ।

एमसीसी इन्डो प्यासिफिकको विषय हो भन्दै केही पार्टी कै साथीहरुले कोकोहल मच्चाईरहेका सायद धेरै बुझेर होला । एमसीसीका बारेमा जसरी हल्ला गरिएको छ हामी अमेरीकासंगको सैन्य गठबन्धनमा जाने होईन हामीले यसलाई राम्ररी बुझेका छौँ मन्त्री बाँस्कोटाले भने ।

कुनै पनि राष्ट्रसंग शैन्य गठबन्धनमा नेपाल सामेल नहुने र स्वतन्त्र सम्बन्ध स्थापना गर्न यो सरकार तयार रहेको छ ।

अमेरीकाले एमसीसी अन्र्तगत दिने अनुदान रोड कनेक्टीभिटी र क्रस बोर्डर ट्रान्समिसनका क्षेत्रमा प्रयोग गर्ने सम्झौतामा स्पष्ट रहेको मन्त्री बाँस्कोटाले बताए । कसैले स्वतन्त्र रुपमा नेपाली सेनालाई सहयोग गर्छ भने हामी लिन्छौ र लिँदै आएका पनि छौँ तर राष्ट्रको शिर निहुर्याउने काम यो सरकारले गर्दैन ।

एमसीसीका विषयमा कसैलाई द्धुविधा भए छलफलबाट स्पष्ट पारेर अगाडी बढ्छौँ यो धेरै वहशको विषय नभएको र सरकारले पास गर्ने बताए ।

संचारकर्मीले कालापानी र लिम्पियाधुराका विषयमा राखेको प्रश्नमा संचारमन्त्री बाँस्कोटाले कालापानी र लिम्पियाधुरा नेपालको रहेको कुरामा कुनै दुविधा नरहेको र सिमाविवाद चाडै समाधान हुने बताए ।

भारतले यस विषयमा सकरात्मक प्रतिक्रिया दिएको छ । तथ्य र प्रमाणका आधारमा यो विवाद चाडै समाधान हुने मन्त्री बाँस्कोटाले बताए । सरकारले बोर्डर सुरक्षाका लागी ११४ वटा सिमा सुरक्षा पोष्ट स्थापना गरेको समेत उल्लेख गरे ।