३ कार्तिक २०८३, मंगलबार

डेविड बेकह्यामको क्लबले नयाँ प्रशिक्षक भित्र्यायाे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १६ पुस। डेविड बेकह्यामको क्लब इन्टर मायामीले क्लबको नयाँ प्रशिक्षकका रुपमा डिएगो एलोन्सोलाई नियुक्त गरेको छ । अमेरिकी मेजर लिग सकरमा नयाँ टिमका रुपमा आएको इन्टर मायामीले एलोन्सोलाई क्लबको प्रशिक्षकमा नियुक्त गरेको हो ।

बेलायती पूर्व फुटबलर बेकह्यामको टिमले ४४ वर्षका उरुग्वेयन एलोन्सोलाई प्रशिक्षक बनाएको हो । उनलाई मेक्सिकन क्लब मोन्तेरीले गएको सेप्टेम्बरमा बर्खास्त गरेको थियो ।

उनले सो क्लबलाई सन् २०१९ को कोनकाकाफ च्याम्पियन्स लिगमा जित दिलाए पनि बर्खास्त गरिएको थियो । एलोन्सोले मोन्तेरीको प्रतिस्पर्धी क्लब पाचुकामा चार वर्ष बिताएका थिए र सन् २०१७ मा सो क्लबलाई कोनकाकाफ च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

एलोन्सोले इन्टर मायामीको यात्रा महत्वकांक्षी र जित निकाल्यो योजनाको यात्रा रहेको र आफू त्यसका लागि उत्साही भएको बताएका छन् । इंग्ल्याण्डका पूर्व कप्तान बेकह्यामले सन् २००७ देखि २०१२ सम्म एमएसएल क्लब एलए ग्यालेक्सीबाट खेलेका थिए ।

उनी एमएसएल क्लब इन्टर मायामीका मालिक र अध्यक्ष हुन् । सन् २०१८ को सेप्टेम्बरमा क्लबको नाम, जर्सीको रंग र नयाँ रंगशालाको घोषणा गरेको इन्टर मायामीले आउँदो मार्च १ मा लस एन्जलस एफसीसँग एमएसएलमा पहिलो खेल खेल्ने छ ।