
काठमाडौँ, १५ पुस । घुस लिएको आरोपमा अख्तियारका पूर्व सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप–सचिव रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोप छ ।
उनलाई भ्रष्टाचारजन्य कार्य गरेकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियारले जनाएको । यसअघि उनी निलम्बनमा परेका थिए ।
रिजाल लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा अख्तियारका सहायक प्रवक्ता रहेका थिए ।















प्रतिक्रिया