१ कार्तिक २०८३, शनिबार

६५ लाख जरिवाना ठहर भएका फरार अभियुक्त पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ पुस । ठगी मुद्दामा ६५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७५ असार १२ गतेको फैसलाले उक्त निर्णय गरेको थियो । काठमाडौँ महानगरपालिका २७ बस्ने ४१ वर्षीय देव नारायण महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सजाय वेरुजु रही लुकीछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं असनबाट उनलाई पक्राउ गरेको हो ।

२०७३ असार १४ गते महर्जनले पीडितहरुलाई अन्यत्रको जग्गा देखाई बेचेको र भोगचलन गर्न जाँदा उक्त जग्गा अर्को व्यक्तिको नाम भएको अनुसन्धानबाट खुल्न आएको थियो ।

महर्जनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले आवश्यक कारवहीको लागि नख्खु कारागार पठाइएको उक्त व्यूरोले जनाएको छ ।