१ कार्तिक २०८३, शनिबार

कामना सेवा र एमए डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सबीच सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ पुस । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रालिबीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा फोटोन ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल प्रालिको तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका थिए ।

हालसम्म बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग मोबाइल बैंकिङ्ग सी-एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।