१ कार्तिक २०८३, शनिबार

उखु किसानको आन्दोलनप्रति घरेलु महासंघको ऐक्यवद्धता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ पुस । केही दिन यता उखु किसानहरु राजधानीमै भेला भएर आन्दोलित हुनुपर्ने अवस्था र उनीहरुको मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

विगत चार वर्ष देखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकोले देशको विभिन्न भागबाट चिनी मिल पिडित उखु किसान काठमाडौँमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था र उखु किसानहरुको माग प्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

एकवर्ष अघि नै किसानहरुको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानहरुले भुक्तानी नपाउनु दुःखद कुरा भएको महासंघको ठहर छ ।

उखु किसानहरु महासंघका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलन प्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता रहेको अध्यक्ष श्याम प्रसाद गिरीले बताए ।

तसर्थ लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संस्थाको हैसियतमा यस महासंघ चिनी उद्योगीहरुलाई उखु किसानहरुको रकम अविलम्ब भुक्तानी दिन आग्रह गर्दै यस सम्बन्धमा थप केही विषय भए महासंघसँग समन्वय गर्न उनको आग्रह छ ।