१ कार्तिक २०८३, आइतबार

पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ : नेता नेपाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडाैँ, १५ पुस । नेकपाका नेता एवम् पूर्र्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताउनुभएको छ ।

नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ भन्नुभयो । वरिष्ठ नेता नेपालले माक्र्सवादलाइ नेपाल सुहाउँदो ढङ्गले लागू गरी समृद्धि ल्याउनुपर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ जना सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराउनुभएको थियो ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताउनुभयो । –रासस