१ कार्तिक २०८३, शनिबार

केही भुभागमा अझै चिसो बढ्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १५ पुस । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा मंगलबार हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ ।

सोे प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँले बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने बताउनुभयो । –रासस