१ कार्तिक २०८३, आइतबार

पाकिस्तानका चलचित्रकर्मी महमूदमाथि हारुनद्वारा बलात्कार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान, १५ पुस । पाकिस्तानका चलचित्रकर्मी जमशेद महमूदले आफूमाथि पाकिस्तानको चर्चित अंग्रेजी पत्रिका डनका सिइओ हामीद हारुनले बलात्कार गरेको आरोप लगाएका छन् ।

जामीका रुपमा परिचित जमशेदले गएका अक्टोबरमा एक मिडिया घरानाका मालिकले १३ वर्ष पहिले आफूमाथि बलात्कार गरेको अभियोग लगाएका थिए ।

तर त्यस बेला उनले बलात्कार गर्ने व्यक्तिको नाम खुलाएका थिएनन् । तर सोमबार उनले आफूमाथि बलात्कार गर्ने व्यक्ति डनका सिइओ हामीद हारुन रहेको बताएका हुन् ।

सोमबार राति जामीले नयाँ ट्वीटर एकाउन्ट बनाए र त्यसपछि सोही एकाउन्ट मार्फत ट्वीट गरेर आफूमाथि बलात्कार गर्ने व्यक्ति हामीद हारुन रहेको आरोप लगाएका हुन् ।

यसअघिको ट्वीटर एकाउन्ट ह्याक भएकाले नयाँ एकाउन्ट बनाउनु परेको जामीले उल्लेख गरेका छन् । जामीले आफ्नो ट्वीट फेसबुक पेजमा पनि शेयर गरेका छन् ।

हारुनले जामीको आरोप खारेज गरेका छन् । उनले आरोपको जवाफ दिन बयान जारी गरेका छन् । आफूमाथि लागेको आरोप खारेज गर्दै हारुनले भनेका छन्, ‘स्पष्ट छ कि यो बनावटी कहानी हो । मेरो र पत्रिकाको प्रतिष्ठा खराब गराउने उद्देश्यसहित यो काल्पनिक कहानी बनाइएको हो । यससम्बन्धमा म कानूनी उपचारको खोजी गर्ने तयारी भइरहेको छ ।’

पाकिस्तानको चलचित्र क्षेत्रमा जमशेद महमूद लोकप्रिय व्यक्ति हुन् । सन् २०१४ मा जामीले ०२१ चलचित्र निर्देशन गरेका थिए । जामीले निर्देशन गरेको मूर चलचित्र सन् २०१५ मा पाकिस्तानका तर्फबाट ओस्कारका लागि पठाइएको थियो ।