नयाँदिल्ली । भारतकाे नयाँदिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा फ्याँक्ने एक जीमखानाका मालिकलाई जयपुर प्रहरीले पक्राउ परेकाे छ ।
पक्राउ पर्नेमा ३५ वर्षीय जिमखानाका मालिकको नाम हेमन्त लाम्बा हो । अनुसन्धानका क्रममा निकै अचम्मित पार्ने कुराको खुलासा उनैले गरेका छन् ।
अनुसन्धानमा सार्वजनिक भएअनुसार लाम्बा र ती युवतीबीच एक महिना फेसबुकबाट चिनजान भएको थियो । डिसेम्बर ६ मा पहिलो पटक दिल्लीमा भेटेका थिए । त्यसै दिन जाम्बाले ती युवतीको हत्या गरेका थिए । उनले युवतीको फोनबाट ट्याक्सी बुक गरेको र पक्राउ पर्ने डरले डिसेम्बर ७ तारिखमा ड्राइभरको पनि हत्या गरेका बयान दिएका छन् ।
सूरतबाट १० डिसेम्बरमा पक्राउ गरेपछि उनलाई हरियाणा प्रहरीलाई सुम्पिइएको थियो । बिहीबार जयपुर प्रहरीले उनलाई हिरासतमा लिएको छ । प्रहरीलाई दिएको बयानको क्रममा जाम्बाले युवतीको हत्या भएको दिन आफू अत्याधिक नशामा भएको बताए ।
प्रहरीका अनुसार फेसबुकमा साथी बनेपछि ती युवती सोचेअनुसार नभएको र उनलाई अर्कै एक महिलाले परिचालित गरेको आशंका गरेका थिए । ती अर्की महिलाले लाम्बाविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । जसका कारण उनलाई पक्राउ पनि गरिएको थियो ।
२२ वर्षीया दिप्ती गोयलको हत्या गरेपछि लाम्बाले युवतीको मोबाइलबाट दिल्लीबाट जयपुरका लागि ट्याक्सी भाडामा लिएका थिए । त्यसपछि जयपुर पुगेपछि उनले ट्याक्सी ड्राइभरको पनि हत्या गरेका थिए । जब उनी सूरतमा ट्याक्सी बेच्नका लागि हतारिएका थिए तब कार डिलरले शंका लागेपछि स्थानीय प्रहरीलाई जानकारी दिएका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको थियो ।
ट्याक्सी ड्राइभरको हत्या गरेपछि हेमन्तले जुन कपडाले ट्याक्सी भित्रको रगत सफा गर्ने कोसिस गरेका थिए त्यो पनि बरामद गरिएको छ । प्रहरीले उनलाई यस्तो विक्षिप्त अवस्थामा भेटेका थिए कि, उनी निकै हतासिएका थिए ।













प्रतिक्रिया