१ कार्तिक २०८३, शनिबार

घोडाघोडीलाई ब्राण्डको रूपमा विश्वसामु चिनाउनुपर्ने : मन्त्री बाँस्कोटा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घोडाघोडी, १४ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताललाई ‘ब्राण्ड’को रुपमा विश्वसामु चिनाउनुपर्ने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले आज तालको अवलोकन गर्दै सो कुरा बताउनु भएको हो ।

विश्व रामसार तथा सीमसार क्षेत्रमा सूचीकृत तालको बारेमा सबैलाई बुझाउन आवश्यक रहेको बताउँदै उहाँले सिमसार क्षेत्रमा रहेको घोडाघोडी ताललाई ब्राण्डका रुपमा अघि बढाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

ताललाई गोही प्रजनन्, चरा अवलोकन, अनुसन्धानस्थल र धार्मिक तथा पर्यटकीयस्थल के बनाउँदा उपयुुक्त होला त्यो निर्णय गरेर विकसित गरी एउटा ‘ब्राण्ड’ बनाउन सकिने बताउँदै उहाँले त्यसतर्फ स्थानीय सरकारले प्रदेश सरकारसँगको सहकार्यमा पहल कदमी लिनुपर्ने बताउनुभयो । –रासस