
डडेल्धुरा, १४ पुस । डडेल्धुरामा भएका छाउ गोठ हटाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले निर्देशन जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सुचना प्रकाशित गर्दै महिनावारी भएका महिलाहरुलाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने जनाएको छ ।
जिल्लामा रहेका छाउगोठ हटाउन जिल्लाव्यापी अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । सात वटै स्थानीय तहलाई पत्राचार गरि छाउगोठ हटाउन र छाउगोठमा राख्ने र बस्न बाध्य पार्नेलाई समेत कारवाही गर्न प्रशासनले निर्देशन जारी गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ अन्र्तगत सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहार विरुद्धका कानूनी व्यवस्था सम्बन्धमा आम नागरिकहरुमा सचेतना अभियान संचालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलले भने – छाउगोठ नराख्न र भएका छाउगोठ हटाउनका लागि हामीले सुचना जारी गरेका छौँ अनुगमन गर्न जादा यस्तो देखिए कानुनी कारवाही गर्छौँ त्यसका लागि सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन पनि दिएका छौँ ।
















प्रतिक्रिया