
डडेल्धुरा, १४ पुस । नवदुर्गा गाउँपालिका वडा नं. ४ गिल्लामा सिँचाई पुर्याउनका लागि गाउँपालिका अध्यक्ष कबिन्द्र विष्ट मुहान खोज्दै हिँडेका छन् ।
करिब २०४५ सालमा गिल्ला सिँचाई योजना निर्माण गर्नका लागी मष्टामाण्डौको सकायल खोलाबाट नहर निर्माण थालनी गरिएको थियो तर उक्त योजना निर्माण हुन सकेन ।
नवदुर्गा गाउँपालिका वडा नं. ४ गिल्लामा करिब २०० रोपनी जमिन रहेको र उक्त जमिनमा सिचाई पुरयाउन सके व्यवसायिक रुपमा खेती गर्न सकिने स्थानीयहरुको भनाई रहेको छ ।
जमिनदेखि करिब १०० मिटर तल पश्चिम सेती नदी बगिरहेको र उक्त नदिबाट लिफ्ट मार्फत सिँचाई योजना निर्माणका लागि गाउँपालिकाले पहल गर्दै आएको छ । जिल्ला सिँचाई योजनाकोे गुरुयोजना समेत निर्माण गरेको र योजना निर्माणका लागि प्रदेश सरकारसँग छलफल समेत भएको गाउँपालिका अध्यक्ष कबिन्द्र विष्टले बताए ।
उनले भने गाउँपालिकाको बजेटले यो योजना निर्माण गर्न नसकिने भएकोले सुदुरपश्चिम प्रदेश भौतिक पुर्वाधार मन्त्रालयको योजनामा राखी आवश्यक प्रक्रिया पुरा गरिएको छ ।
सकायल खोलाबाट सिँचाई नहर निर्माण गर्दा बजेट धेरै चाहिने र त्यो दिगो पनि हँुदैन । त्यसकारण सेती नदीको विकल्पमा अरु मुहानहरु नदेखिएको गाउँपालिका अध्यक्षले बताए ।

उनले भने संघीय सरकारले वार्षिक ३ लाख ५० हजार रुपैयाँ मात्रै आउने भएको र उक्त रकमले योजना निर्माण गर्न नसकिने हुँदा हामीले प्रदेश सरकारलाई यो योजना सम्पन्न गर्नका लागि आग्रह गरेका छौँ ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त सिचाई योजना निर्माणका लागि करिब २० लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमले २ वटा पोखरी र १ वटा पम्प हाउस निर्माण गरिएको स्थानीय कृष्ण ब. बिष्टले बताए । उनले भने बजेटको अभावमा यो सिचाई योजना सम्पन्न हुन सकेको छैन ।
कम्तिमा पनि ३ वटा पम्प सेट राखी लिफ््ट मार्फत सिचाई योजना अगाडी बढाउनु पर्ने र त्यसका लागि करिब डेढ करोड जति रकम आवश्य पर्ने भौतिक पुर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । उर्वर माटो रहेको र सिचाईको मात्रै व्यवस्था गर्न सके यो क्षेत्रलाई पोकेट क्षेत्रका रुपमा विकास गर्न सकिनेछ ।

जिल्लामा बस्ने अधिकांश घरका पुरुषहरु भारत तिर मजदुरी गर्न गएका छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने र खेती राम्रो नहुने हुँदा करिब ३ महिना मात्रै खेती किसानीबाट खान पुग्ने भएकोले भारत जानुपर्ने बाध्यता रहेको स्थानीय डम्बर बहादुर विष्टले बताए ।
उनले भने गाउँमा सिँचाई पुग्ने हो भने रोजगारीको लागि विदेश जानु पर्दैन गाउँकै कृषि व्यवसाय गरि राम्रो आम्दानी गर्न सकिन्छ ।















प्रतिक्रिया