१ कार्तिक २०८३, शनिबार

रुपन्देहीमा पहिलाेपटक मत्स्य महोत्सव हुने

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

-प्रतिक पौडेल
भैरहवा, १४ पुस । रूपन्देहीमा मत्स्य, कृषि तथा माघी महोत्सव हुने भएको छ । सियारी गाउँपालिकामा यस क्षेत्रमै पहिलो पटक मत्स्यमा आधारित महोत्सव हुने भएको हो भने ग्रामीण क्षेत्रमा रुपन्देहीमा पहिलो पटक कृषिमा आधारित महोत्सव हुन लागेको हो ।

महोत्सव नेपाल मत्स्य व्यवसायी संघ जिल्ला कार्य समिति रूपन्देही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रूपन्देही, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा हुने भएको हो ।

पुस २६ देखि माघ १ सम्म सियारी गाउँपालिकास्थित अमवामा जनतामा वीको खेलमैदानमा आयोजना हुने महोत्सव सफल बनाउन नेपाल मत्स्य व्यवसायी संघ जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष दिवाकर भुसालको संयोजकत्वमा ५ सय १ सदस्यिय मुल समिती र २१ सदस्यिय सचिवालय गठन भएको छ ।

सचिवालयको सदस्यमा गणेश बहादुर शाही, खेमराज गुरुङ, धनिराम चौधरी, गोपाल प्रसाद पाण्डे, रामेश्वर मण्डल, सुवास कुर्मी, प्रेम पन्थी, तारा पाण्डे, कपिल न्यौपाने, टंक प्रसाद ज्ञवाली, विन्दुलाल श्रेष्ठ, गणेश प्रसाद खनाल, डवल भण्डारी, भुमिश्वर खनाल, दिपेन्द्र खाती, पुन्य प्रसाद चौधरी, गंगा प्रसाद सापकोटा, झपेन्द्रराज अर्याल, कविता थारु रहेका छन् । सचिवालयको सदस्य सचिवमा रमेश जयसवाल रहेका छन् ।

महोत्सवमा माछामा अधारित स्टलहरु रहने जानकारी आयोजकले दिएको छ । आयोजकका अनुसार महोत्सवममा प्रवेश निशुल्क हुनेछ ।