१ कार्तिक २०८३, आइतबार

अमेरिकाको टेक्सासस्थित चर्चमा गोली चल्यो, २ को मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ पुस ।  अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ ।

टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत देखिएको थियो ।

घटनामा आक्रमणकारीको समेत मृत्यु भएको छ । सुरक्षाकर्मीको आक्रमणमा उनी मारिएका हुन् ।