
-प्रतिक पौडेल
भैरहवा, १३ पुस । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण कार्यालयले माग नै नगरेको विशेष ट्रंक लाईन जोडेर महसुल तिर्न पत्राचार गरेको भैरहवाका उद्योगीहरुले दावी गरेका छन् । रुपन्देहीका १६ उद्योगलाई माग नै नगरेको विशेष ट्रंक लाईनको भुक्तानी तिर्न पत्रचार गरेको उद्योगीहरुले दावी गरेका हुन् ।
रुपन्देहीको भैरहवा बुटवल सडकखण्डको पुर्व मधवलिया देखि पडसरीमा पर्ने पन्चकन्या कोडिडोरका १६ उद्योगलाई विद्युत प्राधिकरणले २०७४ चैत्र देखिको विशेष ट्रंक लाईन लिए बापतको बख्यौता तिर्न पत्र काटेको छ । उधोगीका अनुसार आफुहरुले माग्दै नमागेको विशेष ट्रंक लाईन जवरजस्ती जोडेर तिर्न दवाव दिन मिल्दैन ।
उक्त क्षेत्रमा रहेको पन्ञ्चकन्या ल्पाष्टिक ईण्डष्ट्र्रिज , पञ्चकन्या स्टिल, सोना प्याकेजिड.,एस आर स्टिल, नव नेपाल प्लाष्टिक ईण्डष्टिज, शुभलक्ष्मी पोलिमर्स, नेशनल ट्र्रेड रबर ईण्डष्ट्र्रिज, जय दुर्गा प्लाष्टिक, सोना पोलिमर्स, यशोधा फुड्रस, प्रिया प्याक्जिड., ए.जि. हेल्थ ईण्डष्ट्र्रिज, एभरेष्ट रोलिड., ईण्डष्ट्र्रिज, लुम्बिनी प्लोर मिल, फेरो स्टिल, र लुम्बिनी पि.ए.सि ईण्डष्टिज उधोग बिधुत मारमा परेका हुन् ।
उद्योगीका अनुसार उक्त क्षेत्रको उधोग पहिला ३३ केभिए अमवा फिडरमा रहेकोमा भारमिलान र सिकवेन्स बेलेन्स गर्न भनि बिधुत प्राधिकरणले २०७४ असारमा करिव १५ दिन उधोगहरु सटडाउन गरी भरौलिया फिडरमा स्तान्तरण गरेको हो ।
भरौलिया फिडरमा स्तान्तरण गरेपछि पनि धेरै पटक उक्त क्षेत्रका उधोगीले बिरोध जनाउदै आएका थिए । सिद्धार्थ उधोग वाणिज्य संघको उपाध्यक्ष तथा एभरेष्ट रोलिङ इण्डष्ट्रिज प्रा.लिका संचालक अरुण गोयन्काका अनुसार नेपाल विद्युत प्राधिकरणका तत्कालिन प्रमुख उमेश कुमार झाले भार मिलानको लागी स्तान्तरण भएकोले ट्रंक लाईन मार्फत आपुर्ती भएको विद्युतमा विगतमाझै साधारण महसुल मात्र लाग्ने भनेको हुनाले आफूहरु यस विषयमा मौन रहेका थियौ ।
गोयन्काले २०७६ मंसिरबाट ६६.६७ प्रतिशत उच्च दररेटको महंगो ट्रकं लाइनको महसुल जारी गरेको बिल र १९ महिना अघिको बख्यौता रकम तिर्न भनि विद्युत प्राधिकरणले पत्र पठाएपछि आफुहरु झस्किएको जानकारी दिए ।
गोयंन्काले १९ महिना सम्म विद्युत प्राधिकरणले पठाएको साधारण बिल बापतको रकम आफुहरुले तिरेको बताए । विद्युत प्राधिकरणको लापरबाहीका कारण उद्योगीहरु उद्योग बन्द गर्नुको विकल्प नभएको गोयन्काले जानकारी दिए ।
उद्योगीहरुका अनुसार विद्युत प्राधिकरण भैरहवाले २०७४ चैत्र १४ गते १६ उद्योगहरुलाई उधोग संञ्चालन नगर्ने संम्बन्धमा पत्र पठाएको बाहेक अन्य कुनै पत्र विद्युत प्राधिकरणले उद्योगीहरुलाई पठाएको छैन ।
अहिले त्यही पत्रको मितिलाई आधार बनाएर सोहि मिति देखि उद्योगीहरुबाट ट्रंकलाईन सेवा बापतको बक्यौता रकम भुक्तानी गर्न दवाव दिएको छ ।
एस आर स्टिलका संचालक सुरज उप्रेतीका अनुसार आफूहरुलाई विद्युतले भारमिलानको लागी एउटा अमवा कोरिडोरबाट भरौलिया कोरिडोरमा स्थान्तरण गरिएको भनेर बिना जानकारी ट्रंकलाईनमा राखेर गुमराहमा राखेको दावी गरे ।
पन्चकन्या ग्रुपका प्रबन्धक देबेन्द्र साउदले आफूहरुलाई विद्युत कार्यालय प्रमुखले विद्युत प्राधिकरणले उद्योगहरुलाई पेलेर जान खोजेको बताए । साउदका अनुसार माग्दै नमागेको ट्रंकलाईनको बख्यौता रकम तिर्न पत्र आउनु गलत भएको जानकारी दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानलेले सरकार राजस्वमुखि मात्र भएको छ व्यावसायीहरुको पीडाबाट सरकार पछि हटेको बताए ।















प्रतिक्रिया