३ कार्तिक २०८३, मंगलबार

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा पछिल्लो समय विवादमा रहेको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारेमा छलफल हुने बताइएको छ ।

बैठकले सभामुखका उम्मेदवार चयनको विषयमा पनि सचिवालय बैठकमा छलफल गर्ने बताएको छ । बलात्कार आरोपमा सभामुख पदबाट कृष्ण बहादुर महराले राजिनामा दिएपछि अहिले सभामुख पद रिक्त रहेको छ । सभामुख चयन प्रकृयाका विषयमा नेकपा भित्र नै पनि विवाद देखिएको छ ।

उपसभामुख शिवमाया तुम्बाहम्फेले पदबाट राजिनामा नदिएकाले पनि यो विषय थप लम्बिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा देखिएका छन् भने पार्टी अध्यक्ष पुष्पकमल दहाल अग्नी सापकोटालाई बनाउनुपर्ने पक्षमा रहेको बुझिएको छ ।

राष्ट्रपति विद्या भण्डारी भने वर्तमान उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु पर्ने पक्षमा देखिनुभएको छ ।