
रुकुम, १३ पुस । १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक वृद्व पक्राउ परेका छन् । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका –९ झुलाका ६९ वर्षीय जसे दमाई बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।
छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
दमाइको गोठ नजिकै पीडित घाँस काट्न आएको बेला ललाइ फकाइ बोलाएर गोठभित्र लिएर दुई पटक जवरजस्ती करणी गरेको बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
जवरजस्ती करणीपछि कसैलाई नभन्नु भन्दै बालिकालाई उनले एक हजार रुपैयाँसमेत दिएको कुरा पीडित पक्षको दावी छ । पीडितको उजुरीको आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।












प्रतिक्रिया