१ कार्तिक २०८३, आइतबार

सोमालियामा कार बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ७६ पुग्यो (अपडेट)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस ।  सोमालियाको राजधानी मोगादिशुको चेकपोस्ट नजिकै कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् ।

मारिनेमा दुई जना टर्किस इन्जिनियर पनि रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय प्रहरीको भनाइ छ ।

सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू रहेको ठाउँनजिकै विस्फोट भएको हो ।

सो घटनामा बसमा यात्रा गरिरहेका बन्दिर युनिभर्सिटीका कम्तीमा १६ विद्यार्थी बम विस्फोटको शिकार बनेका छन् ।

विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाह फर्माजोले आक्रमणको भत्र्सना गर्दै सोमालिया जनतालाई निरुत्साहित गर्न आक्रमण भएको प्रतिक्रिया दिएका छन् ।