
काठमाडौँ, १२ पुस । ललितपुरको सानेपास्थित एक कबाड कारखानामा शनिबार बेलुका ८ बजे आगलागी भएको छ ।
आगो नियन्त्रणमा लागि ७ वटा दमकल प्रयोग गरिएको छ । सम्भावित दुर्घटनाका डरले त्यहाँको विद्युतबन्द गरिएको छ ।
आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेत प्रयासरत छन् । आगो लाग्नुको कारण खुलेको छैन ।















प्रतिक्रिया