३० आश्विन २०८३, शुक्रबार

१ केजी चरेशसहित पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ पुस । प्रहरीले चन्द्रगिरी नगरपालिका २ नागढुङगाबाट १ केजी चरेशसहित २ जनालाई पक्राउ गरेको छ । धादिङ धुनीवेशी नगरपालिका ७ बस्ने २१ वर्षीय पाल्टेन लामा र ५५ वर्षीय माईला तामाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले कुलेखानीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८४०१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, सिरहाको बरियारपट्टि गाउँपालिका ३ चमार टोलबाट नियन्त्रित लागूऔषध नुर्फिन ४ सय ८७ एम्पुल, डाइजेपाम २ सय ५४ एम्पुल, फेनारगन २ सय ५४ एम्पुल, नगद ५ हजार २ सय १५ नेपाली रुपैयाँ, नगद ८ सय भारतीय रुपैयाँ र मोबाइल २ थान सहित लहान नगरपालिका ११ बस्ने २४ वर्षीय उदय नारायण चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.१० प ७१५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।