३० आश्विन २०८३, शुक्रबार

समुदाय-प्रहरी साझेदारी अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ पुस । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार विहान सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत समाजसेवी युवा, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिमा शान्तिबाटिका भद्रकाली मन्दिर, पुरानो बसपार्क लगायतका स्थानहरूमा सरसफाई गरिएको हो ।

पर्यावरण सुरक्षा अन्तर्गत समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतना फैलाउने उद्देश्य सहितको उक्त कार्यक्रममा समाजसेवी अभियन्ताहरुको समेत उपस्थिति रहेको थियो ।