३० आश्विन २०८३, शुक्रबार

भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक : मन्त्री भट्टराई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पोखरा, १२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेश स्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भई रहेको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धनका काम पनि त्यही गतिमा अघि बढेको जानकारी दिनुभयो ।

पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधारका रुपमा रहेको हवाइ सेवालाई व्यवस्थित गरिने बताउँदै उहाँले हाल २१ घण्टा सञ्चालनमा आएको मुलुकको एक मात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको स्तनोन्नति गरी २४सै घण्टा सञ्चालन गर्ने तयारी भई रहेको बताउनुभयो ।

भ्रमण वर्षको पर्यटन प्रवद्र्धनका लागि सचिवालयले रु ६५ करोडको माग गरेपनि सरकारले १० करोड छुट्याएको बताउँदै उहाँले आवश्यक रकम सरकारले उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्धा्रित समय सीमाभन्दा छ महिना अगावै सम्पन्न भई सक्ने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले विमानस्थल सञ्चालन हुनुपूर्व पर्यटनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सक्नुपर्ने बताउनुभयो ।

हालसम्म विमानस्थलको निर्माण कार्य ५२ प्रतिशत सम्पन्न भई सकेको उहाँको भनाइ थियो । विमानस्थलका लागि थप आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको बताउँदै उहाँले जग्गा धनीलाई उचित मुआब्जा दिने स्पष्ट पार्नुभयो ।

पोखराको रत्नमन्दिर र हिमागृहलाई पर्यटकीयस्थलको रुपमा उपयोग गरिने बताउँदै उहाँले यो विषयमा भने पर्यटन मन्त्रालयमार्पmत नभई नेपाल ट्रष्टअन्तर्गत रहेको स्पष्ट पार्नुभयो । –रासस