३ कार्तिक २०८३, मंगलबार

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवनलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ पुस ।  विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन राइनोजले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट उपाधि जितेको छ । पोखरा प्रिमियर लिग क्रिकेटको यो दोस्रो संस्करण हो । चितवन राइनोज गत वर्षको उपविजेता थियो । समूह चरणका सवै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले प्रतियोगिताभरि अपराजित यात्रा कायम राख्यो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ जित्यो भने उपविजेता विराटनगर टाइटन्सले १० लाख रुपैयाँमा चित्त बुझायो ।

पोखरा मैदानमा आज भएको फाइनलमा २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १७० रन सीमित रह्यो । उसलाई जितका लागि १७ रन कम भयो । विशाल लक्ष्य पछ्याउने क्रममा विराटनगरको सुरुआत भने राम्रो भएन । पहिलो विकेट ११ रनमा गुमाउँदा सुनिल धमला ४ रन बनाएर आउट भएका थिए ।

१६ रन हुँदा लोकेश बमलाई विराटनगरले दोस्रो विकेटका रुपमा गुमाउन पुग्यो । लोकश ४ रनमा पेभेलियन फर्किए । एकपटक जीवन दान पाएका नुमान खान पनि व्यक्तिगत १८ रन बनाएर आउट हुँदा विराटनगरले तेस्रो विकेट खेर फालेको थियो । लगातार विकेट पतन भइरहेका बेला मोहम्द जइद आलम पनि अर्धशतकीय पारि खेल्दै आउट भएपछि चितवनको पारि धर्मराएको थियो ।

यसैगरी पुनित मेहरा पनि पाँचौ विकेटको रुपमा ३२ रन बनाएर आउट भए । एलिमिनेटर खेलमा पुनित र प्रदीप ऐरीले विराटनगरलाई ठूलो स्कोर बनाउन योगदान गरेका थिए । १८।४ ओभरसम्म क्रिजमा रहेका कप्तान प्रदीप ऐरीले ३६ रन बनाए पनि हार भने टार्न सकेनन् । छैटौं विकेटको रुपमा दिलिप नाथ खाता नै नखोलि आउट भए । चितवनका करण केसीले ३ विकेट लिँदा सन्नी पटेलले २ विकेट लिए ।

पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । पहिलो विकेटका लागि रोहन मुस्तफा र पारस खड्काले ३६ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पारस २५ रन बनाएर आउट भए । ११ बल फेस गरेका पारसले ४ चौका र एक छक्का प्रहार गरे ।

पारस पछि क्रिजमा आएका बाबर हायात भने धेरैवेर क्रिजमा टिक्न सकेनन् । बाबर ६ रन बनाएर आउट हुँदा चितवनले ४५ रनमा २ विकेट गुमाउन पुग्यो । त्यसपछि अनिल साहसँग रोहन मुस्तफाले ९५ रनको साझेदारी गर्दै चितिवनको स्कोर १४० मा पुर्याएका थिए । यसबीचमा तेस्रो विकेटको रुपमा साह आउट हुँदा उनले अर्धशतक बनाएका थिए । ३४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५० रन बनाएका थिए ।

१४२ रन हुँदा चौथो विकेट गुमाउँदा रोहन मुस्तफा पनि व्यक्तिगत ५० रनमा आउट भए । १९ रन जोडेका आरिफ शेख पाँचौं विकेटको रुपमा आउट हुन पुगे । आरिफ शेखले ११ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

त्यसपछि सन्नी पटेल र करण केसीले चितवनको इनिङ्स अघि बढाएका थिए । करणले पनि ८ बलमा २ छक्का र २ चौकाको मद्दतले २६ रन जोड्दा सन्नीले ८ बलमा २ चौकाको मद्दतले १६ रन बनाए । विराटनगरका लागि पुनित मेहरा र मोहम्मद जइद आलमले दुई दुई विकेट लिँदा किशोर महतोले एक विकेट हात पारे ।